पूर्वाधारमा बालेनका वाचा : झापा–५ का अधुरा योजना डेडलाइन तोकेरै सम्पन्न गर्ने

काठमाडौं- झापा–५ का उम्मेदवार बालेन्द्र शाहले त्यस क्षेत्रका अधुरा योजना डेडलाइनसहित सम्पन्न गर्ने प्रतिवद्धता जनाएका छन् । सोमबार सार्वजनिक गरेको वाचापत्रमा उनले उक्त विषय उल्लेख गरेका हुन् । ‘विभिन्न कारणले अधुरा रहेका योजनाहरूलाई डेडलाइन सहित समयमै सम्पन्न गर्ने सुनिश्चितता गरिनेछ,’ वाचापत्रमा उल्लेख छ ।  निर्माण सम्पन्नपछि पनि सञ्चालनमा आउन नसकेको दमक भ्युटावर सञ्चालनमा ल्याउने उनको […]