रमजान : जहाँ भोकले सिकाउँछ करुणा र दानले जोड्छ समाज

इदको मुख्य सन्देश खुसी बाँड्नु हो । परिवार, साथीभाइ, छिमेकी–सबैसँग सम्बन्ध सुदृढ गर्ने अवसर हो । नमाजअघि गरिने फित्रा दानले सुनिश्चित गर्छ कि समाजका सबै वर्गले उत्सवको आनन्द लिन सकून् । यसले इदलाई समावेशी बनाउँछ ।  रमजानले सिकाउने सन्देश सरल तर गहिरो छ, त्याग, धैर्यता, करुणा र समानता ।