काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले राखेको आठबुँदे प्रस्ताव आफूहरूले पालना गरेको दाबी गरेका छन्। बिहीबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले आठबुँदे प्रस्तावमाथि विचार र छलफल गरेर त्यसअनुसार अघि बढेको बताएका हुन्। थापाले कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित सम्पूर्ण केन्द्रीय सदस्यहरू विशेष महाधिवेशनबाट आएको नेतृत्वमा पनि केन्द्रीय सदस्य रहने […]