काठमाडौं- नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले छुट्टाछुट्टै रूपमा प्रस्तुत भएका दुई प्रतिवेदनलाई एकीकृत गरी एउटै प्रतिवेदन तयार गर्ने जिम्मा तीन शीर्ष नेताहरूलाई दिएको छ। कार्यदलको शनिबारदेखि सोमबार दिउँसोसम्म काभ्रेपलाञ्चोकको बल्थली रिसोर्टमा बसेको बैठकले संयोजक एवम् उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल रहेको तीन सदस्यीय सम्पादन टोली […]