प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) कालो चस्मा लगाएरै संसदमा उपस्थित हुने भएका छन्। बुधबार हुने सांसदहरूसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री शाह कालो चस्मासहित संसदमा जाने भएका हुन्। यसअघि कार्यव्यवस्था परामर्श समितिको बैठकले संसदमा बस्दा कालो चस्मा प्रयोग नगर्ने निर्णय गरेको थियो। कालो चस्मा प्रयोग गर्नुपर्ने अवस्थामा त्यसको कारण वा मेडिकल रिपोर्टसहितको पत्र संसद सचिवालयमा […]