एकताको प्रयास असफल भयो, विभाजनको समीक्षा इतिहासले गर्नेछ : शेखर कोइराला

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीलाई एकतावद्ध राख्ने प्रयास सफल हुन नसकेको स्वीकार गरेका छन् । बुधबार जारी वक्तव्यमा उनले यसको दोष कसैलाई थोपर्नेभन्दा पनि समग्र घटनाक्रमको वस्तुपरक समीक्षा इतिहासले गर्ने बताएका छन् । डा. कोइरालाले पार्टीभित्र देखिएका र नदेखिएका अन्तरविरोध, राजधानी केन्द्रित षड्यन्त्र तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय तानाबानाले कांग्रेसलाई कमजोर […]