नेपाल चिकित्सक संघ निर्वाचन : तीन प्यानल बनाएर चुनावमा होमिए चिकित्सक

नेपाल चिकित्सक संघ (एनएमए) को १९ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि तीन प्यानलले उम्मेदवारी दिएका छन्। आगामी निर्वाचनका लागि डा. बद्री रिजाल, डा. मंगल रावल र डा. नारायण भुषाल नेतृत्वमा उम्मेदवारी दर्ता गरिएको हो।