काठमाडौँ। प्रतिनिधिसभा निर्वाचन स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सक्न गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग ‘भर्चुअल मिटिङ’ गरेको छ। गृहसचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा भएको बैठकमा प्रमुख जिल्ला अधिकारीहरूसँग जिल्लाको शान्ति सुरक्षाको अवस्था, प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजनाको कार्यान्वयन, निर्वाचन आचारसंहिताको कार्यान्वयन, मतदानस्थलको अनुगमन, मतदानस्थलमा खटिने निर्वाचन प्रहरी, कर्मचारी, आवश्यक सवारीसाधन र मतपेटिका […]