काठमाडौँ– पर्सनलाइज्ड एमआरएनए क्यान्सर खोप र प्रतिरक्षा उपचार औषधिको संयुक्त प्रयोगले छालाको क्यान्सर दोहोरिने वा बिरामीको मृत्यु हुने जोखिम ४२ प्रतिशतले घटाएको एक तेस्रो चरणको क्लिनिकल परीक्षणले देखाएको छ । अमेरिकी औषधि निर्माता मोडेर्ना र मर्कका अनुसार ‘इन्टिस्मेरान’ नामक पर्सनलाइज्ड एमआरएनए खोप र ‘कीट्रुडा’ (पेम्ब्रोलिजुमाब) औषधिको संयोजनले कीट्रुडा मात्र प्रयोग गर्ने बिरामीको तुलनामा जोखिम घटाएको हो । […]