काठमाडौँ । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमको हत्या प्रकरणमा जन्मकैदको सजाय पाएका बाबु थापा पक्राउ परेका छन्। सर्लाही घर भएका थापालाई प्रहरीले बुधबार राति आफ्नै घरबाट नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईका अनुसार सर्लाहीको बागमती नगरपालिका–१ निवासी थापालाई घरबाटै पक्राउ गरिएको हो। उनी २०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा […]