शिक्षा मन्त्रालयले भन्यो- आवश्यकता अनुसार असोज ८ र ९ गते विद्यालय बिदा गर्नू, परीक्षा रोक्नू
आगामी शुक्रबारदेखि देशका विभिन्न भागमा अति भारी वर्षा र प्राकृतिक विपद्को उच्च जोखिम देखिएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालयहरूमा बिदा दिन र सञ्चालन भइरहेका परीक्षा स्थगित गर्न आग्रह गरेको छ।