दाङ। बढैयाताल गाउँपालिका–३ का जोधनी थारुको बारीमा केही दशक अघिसम्म लटरम्म रैथाने बोडी, काँक्रा, लौका, फार्सी र भिण्डी फल्थ्यो । पछिल्ला वर्षमा रैथाने ती तरकारी फल्न छाडेको उनको अनुभव छ । उनले यस वर्ष पनि मकैसँगै रैथाने तरकारीको बीउ छरे पनि उत्पादन राम्रो नभएकोमा किसान थारुलाई दिक्क लागेको छ। “बोट उम्रिए पनि राम्रोसँग फलेन, फलेका […]