आठ माध्यमिक विद्यालयमा दुई मात्रै स्थायी शिक्षक, प्रधानाध्यापक व्यवस्थापनमा सकस

काठमाडौँ । दैलेखको महाबु गाउँपालिकाका आठ वटा माध्यमिक विद्यालयमा माध्यमिक तहका स्थायी शिक्षक दुई जना मात्रै रहेको पाइएको छ। दुवै शिक्षक पुरुष हुन्। सम्बन्धित तहका स्थायी शिक्षकको अभावका कारण विद्यालयमा प्रधानाध्यापक व्यवस्थापन गर्न समस्या देखिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयराज उपाध्यायले माध्यमिक तहसँगै आधारभूत तहमा समेत स्थायी शिक्षकको अवस्था उस्तै रहेको बताए […]