काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण, पोखरा वितरण केन्द्रका तत्कालीन केन्द्र प्रमुख राजीवकुमार सिंहसहितका प्रतिवादीलाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ। आयोगले सार्वजनिक सम्पत्तिमा हानि/नोक्सानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा प्रतिवादीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत मुद्दा दायर गरेको थियो। आयोगले उक्त प्रकरणमा १३ लाख ९३ हजार ६०३ […]