सुपर ओभरमा युएईसँग पराजित नेपाल, यु-१९ एसिया कपमा स्थान सुरक्षित

काठमाडौँ । एसीसी महिला यु-१९ प्रिमियर कपको सेमिफाइनलमा नेपाल युएईसँग सुपर ओभरमा पराजित भएको छ। रोमाञ्चक प्रतिस्पर्धामा जित निकाल्दै युएई प्रतियोगिताको फाइनलमा पुगेको हो। निर्धारित २० ओभरको खेलमा दुवै टोलीले समान १०० रन बनाएपछि खेलको निर्णय सुपर ओभरबाट गरिएको थियो। सुपर ओभरमा नेपालले दिएको ७ रनको लक्ष्य युएईले तीन बलमै पूरा गर्दै जित हात पारेको […]