हुम्ला र बागलुङसहित ४ जिल्लामा बाक्लो हिमपातका कारण जनजीवन प्रभावित

काठमाडौं । पश्चिम क्षेत्रका हुम्ला, जुम्ला, बैतडी र बागलुङ लगायत जिल्लामा बाक्लो हिमपात भएको छ । हुम्लाको सदरमुकाम सिमकोट र उत्तरी क्षेत्र नाम्खा गाउँपालिकामा मंगलबार रातिदेखि नै हिमपात भएको हो । त्यस्तै, बैतडीका उच्च क्षेत्र सिगास, खोडपे, अनारखोली र ढोल्यामोडमा हिमपात भएको छ । सोही क्षेत्रमा माघयता दोस्रो पटक राम्रै हिमपात भएपछि गहुँलगायत हिउँदे बाली […]