वायु गुणस्तर कायम गर्न कामपाको २७ वटा रणनीतिक क्षेत्र

काठमाडौँ, ६ मङ्सिर । काठमाडौँ महानगरपालिकाले वायु गुणस्तर कायम गर्न २७ वटा रणनीतिक क्षेत्रसहितको कार्यक्रम अघि बढाउने योजना बनाएको छ । धुलो, धुवाँ, फोहर जलाउने प्रवृत्ति र सवारी प्रदूषण नियन्त्रणदेखि स्वच्छ चुलो, हरियाली विस्तार र प्रदूषणको जोखिममा रहेका नागरिकको स्वास्थ्य सुरक्षासम्मका रणनीतिक कार्यक्रम उक्त क्षेत्रअन्तर्गत रहेका कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले जानकारी दिइन् […]