सर्लाही– सर्लाहीको बागमती र सिन्धुलीको हरिहरपुरगढी जोड्ने सडक पहिरोका कारण अवरुद्ध भएको छ । गत शनिबार वर्षासँगै गएको पहिरोबाट बागमती नगरपालिका–११ का विभिन्न तीन स्थानमा सडक पुरिएको हरिहरपुरगढी गाउँपालिका–६ का वडाध्यक्ष एकबहादुर मोक्तानले बताए। पहिरोले सडकमा क्षति पुर्याएसँगै त्यस खण्ड भएर चल्ने यातायातका साधन ठप्प भएको छ । सडक बन्द भएपछि बिरामीलाई अस्पतालसम्म लैजानसमेत समस्या […]