कविता : तमासा

कसैका घर कसैका जग्गा-जमिन कसैका दुवै गए कसैका अभिभावक कसैका आफन्त कसैका दुवै गए ।   तिनैमध्येको अरूसँग हात फैलाउन नजानेको माग्ने बानी नभएको ऊ, निमेषमै ज्यान घाइते मन आघात कोही नभएको केही नभएको दान र दयाको भिखारी भयो ।   हेलिकप्टरहरू माथिबाट आउँछन् मोटरहरू तलबाट आउँछन् अनेकन मालताल ल्याउँछन् ।   घर, जमिन, आफन्त सकल …