भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ आज सोमबार हुने भएको छ। संसदीय सुनुवाइ समितिको १७औँ बैठक सिंहदरबारस्थित संसद् सचिवालयको सार्वजनिक लेखा समितिको सभाकक्षमा बिहान ९ः१५ बजे बस्नेछ। बैठकको सुरुमा प्रस्तावित राजदूतहरूविरुद्ध प्राप्त उजुरीबारे छलफल गर्ने कार्यसूची छ। समितिले उजुरीकर्तालाई बैठकमा आमन्त्रण गरी उनीहरूसँग छलफल गर्ने जनाएको छ। त्यसपछि भारतका लागि प्रस्तावित […]