बार्सिलोनाको विजयी सुरुवात

काठमाडौँ। युरोपेली च्याम्पियन्स लिग बार्सिलोनाले नयाँ सिजन विजयी सुरुवात गरेको छ। गएराती सम्पन्न खेलमा बार्सिलोनाले न्यूक्यासल यूनाइटेडलाई २-१ गोल अन्तरले पराजित गरेको हो। बार्सिलोनाको जितमा दुवै गोलल मार्कस रासफोर्डले गरे। उनले ५८ र ६७ मिनेटमा गोल गरेका थिए। ९० मिनेटमा न्यूकासलका एन्थनी गोर्डनले एक गोल फर्काएका थिए।