काठमाडौं । पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का १२ जना केन्द्रीय सदस्यहरूले सामूहिक रूपमा राजीनामा दिएका छन्। आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट अलग भएको घोषणा गरेका हुन्। पार्टी एकताको क्रममा वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबाट नेकपामा समाहित भएका ती नेताहरूले पार्टीभित्र आफूहरूलाई निरन्तर उपेक्षा […]