आज पनि बढ्यो सुनको मूल्य, हालसम्मकै उच्च

काठमाडौँ। नेपाली बजारमा बिहीबार पनि सुनको मूल्यले नयाँ किर्तीमानी बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रति तोला २ हजार रुपैयाँले बढेर २ लाख ५० हजार ९०० रुपैयाँ कायम भएको छ। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।  बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । […]