काठमाडौँ । बाढीका कारण डुबानमा परी क्षतिग्रस्त धादिङको जहरे सबस्टेसन मर्मतपछि पुनः सञ्चालनमा आएको छ। गत भदौ १० गतेको भोटेकोशी बाढीले जहरेखेतस्थित सबस्टेसनमा १० फिटसम्म लेदोहितको पानी जम्दा विद्युत् उपकरण तथा संरचनामा क्षति पुगेको थियो। नेपाल विद्युत् प्राधिकरणले जनशक्ति, उपकरण र आवश्यक सामग्री परिचालन गरी तीव्र गतिमा मर्मत तथा पुनःस्थापनाको काम अघि बढाएको थियो। भदौ २८ […]