एआई र सूचना प्रविधिको क्रान्तिलाई सकारात्मक रूपमा सदुपयोग गर्न मन्त्री श्रेष्ठको आग्रह

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विश्वभर तीव्र रूपमा विस्तार भइरहेको कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिको क्रान्तिलाई सही तथा सकारात्मक रूपमा सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन् । महर्षि स्कुलले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले प्रविधिको तीव्र विकाससँगै संसार परिवर्तन भइरहेको उल्लेख गर्दै नयाँ परिस्थितिअनुसार आफूलाई अनुकूलन गर्ने क्षमता विकास गर्नुपर्ने बताए। […]