प्रहरीमाथि कुटपिट गरेको आरोपमा तीन जना पक्राउ

काठमाडौँ । कैलालीमा ड्युटीमै रहेका प्रहरीमाथि कुटपिट गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।  बिहीबार दिउँसो भजनी नगरपालिका–३ ठेकीपुर चोकमा भारतबाट मोटरसाइकलमा ल्याइरहेको अवैध सामान नियन्त्रणमा लिन खोज्दा इलाका प्रहरी कार्यालय भजनीमा कार्यरत दुई जना प्रहरीमाथि कुटपिट गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भजनी नगरपालिका–३ पडरियाका लोकबहादुर साउँद, […]