दोषीमाथि कानुनी कारबाहीको माग गर्दै वीरगञ्जमा स्वास्थ्यकर्मीको प्रदर्शन

वीरगञ्ज- नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको आक्रमणको विरोधमा स्वास्थ्यकर्मीहरूले आइतबार वीरगञ्जको घण्टाघरमा प्रदर्शन गर्दै दोषीलाई कानुनबमोजिम कारबाही गर्न र स्वास्थ्यकर्मीको सुरक्षाको सुनिश्चितता गर्न माग गरेका छन्। शनिबार नारायणी अस्पतालमा उपचारका क्रममा वीरगञ्ज महानगरपालिका–२५ निवासी ४५ वर्षीय राजकुमार पटेलको मृत्यु भएपछि उनका परिवारका सदस्य तथा आफन्तले उपचारमा संलग्न चिकित्सकमाथि आक्रमण गरेका थिए। मृतकका आफन्तले चिकित्सकको लापरबाहीका कारण […]