लुम्बिनी – बुटवलमा गर्भवती गीता पाण्डेको उपचारका क्रममा भएको मृत्यु प्रकरणमा छानविन गरिरहेको मेडिकल काउन्सिलको टोलीले आज काउन्सिलको केन्द्रीय कार्यालयलाई प्रारम्भिक प्रतिवेदन बुझाएको छ । काउन्सिलले ७२ घण्टा लगाएर गरेको छानविनको प्रारम्भिक प्रतिवेदनका आधारमा जोनल फार्मेसी र इन्दुलेखा स्वास्थ्य क्लिनिकलाई सिल गर्न सिफारिस गरिएको छ भने डा सतिश रूपाखेतीलाई तत्कालका लागि निलम्वन गरिएको छ । […]