मनले बोलेको अनि ओठले लुकाएको त्यो प्रेम!

कोठामा गएँ। मनले बारम्बार भनिरह्यो, यदि मैले त्यो दिन साहस जुटाएर आर्यालाई मेरो मनको कुरा भनेको भए सायद ऊ आज मसँग हुन्थी होला। मैले कहिल्यै उसलाई आफ्नो मनको कुरा भन्न सकिनँ। सधैँ सोचेँ अझै समय छ। तर समय कसैका लागि रोकिँदैन रहेछ।