समानुपातिक तर्फको मतगणना सम्पन्न : निर्वाचन आयोग

काठमाडौं– फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिक तर्फको मतगणना सम्पन्न भएको छ ।  बुधबार समानुपातिक निर्वाचन प्रणालीको मतगणना सम्पन्न भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। उनले सम्बन्धित निर्वाचन क्षेत्रबाट मतगणनाको प्रतिवेदन संकलन गर्ने काम भइरहेको र त्यसलगत्तै समानुपातिकतर्फ प्राप्त गरेको सिट सङ्ख्या यकिन गरेर उम्मेदवार सिफारिस गर्नको लागि सम्बन्धित दललाई पत्राचार गरिने बताए […]