अमेरिकामा टफ्ट्स विश्वविद्यालयकी पीएचडी विद्यार्थीलाई देशनिकाला गर्ने प्रयास असफल

अमेरिकामा टफ्ट्स विश्वविद्यालयकी पीएचडी विद्यार्थी रुमेइसा ओज्तुर्कलाई देशनिकाला गर्ने ट्रम्प प्रशासनको प्रयासलाई आप्रवासन न्यायाधीशले अस्वीकार गरेका छन्। उनका वकिलहरूले यसबारे जानकारी दिएका हुन्। अमेरिकन सिभिल लिबर्टिज युनियन (एसीएलयू)का अनुसार जनवरी २९ मा आप्रवासन न्यायाधीशले अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले ओज्तुर्कलाई देशनिकाला गर्नुपर्ने पर्याप्त प्रमाण पेश गर्न नसकेको ठहर गर्दै उनको विरुद्धको मुद्दा खारेज गरेका थिए। […]