नुवाकोटमा रोपाइँ गरिरहेका बेला पहिरोले खेत बगायो, आधा दर्जन किसान घाइते, एकको अवस्था गम्भीर

नुवाकोट– नुवाकोटको विदुर नगरपालिका–१२ भट्टगाउँमा रोपाइँ गरिरहेका बेला पहिरोले खेत बगाउँदा आधा दर्जन किसान घाइते भएका छन् ।  स्थानीय किसान नोमराज भट्टको खेतमा रोपाइँ गरिरहेका बेला सोमबार एक्कासि ठूलो पहिरो गएको हो । घाइतेमध्ये ६५ वर्षीय नारायणप्रसाद भट्टको अवस्था गम्भीर छन् । उनलाई करिब ७÷८ सय मिटर तल जंगलमा पहिरोको बीचबाट उद्धार गरिएको थियो । […]