काठमाडौँ । अभिनेत्री दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको छ। उनी हाल काठमाडौँस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचाररत रहेकी छन्। पारिवारिक स्रोतका अनुसार मंगलबार गरिएको शल्यक्रिया सफल भएको हो। शल्यक्रियापछि उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाइएको छ।