रामकुमारीको आरोप- सरकारले आफ्ना जोगाएर विपक्षीमाथि धरपकड गर्‍यो

काठमाडौं– नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले वर्तमान सरकारले आफ्ना नेतालाई जोगाएर विपक्षी दलका नेताहरूलाई पक्राउ गरेको भन्दै आपत्ति जनाएकी छन्  ।   शुक्रबार बसेको राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै झाँक्रीले आफ्नो पार्टीको नेतालाई लागेको फौजदारी अभियोग सरकारले फिर्ता लिने काम गरेको र एक जनाको बयानका भरमा एमाले उपाध्यक्ष विष्णु पौडेललाई पक्राउ गरिएको भन्दै आपत्ति जनाएकी हुन् […]