कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत झापाको बिर्तामोड–९ स्थित श्री दुर्गा माध्यमिक विद्यालयलाई कुलर तथा ब्रेल पेपर हस्तान्तरण गरेको छ। बैंकको बिर्तामोड शाखामार्फत आयोजित कार्यक्रममा बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले विद्यालयका प्रधानाध्यापक लक्ष्मण सापकोटालाई कुलर तथा ब्रेल पेपर हस्तान्तरण गरेका हुन्। बैंकका अनुसार विद्यालयको दृष्टिविहीन छात्रावासका विद्यार्थीहरूको आवश्यकता सम्बोधन […]