चोलेन्द्र भेट्न गएको आयोगको टोलीलाई प्रहरीले कार्यालयमै दिएन प्रवेश

काठमाडौं– हिरासतमा रहेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न गएको राष्ट्रिय मानव अधिकार आयोगको टोलीलाई अपराध अनुसन्धान कार्यालय, टेकुले प्रवेश नदिएको छ । आयोगका सदस्य मनोज दुवाडीसहित तीन सदस्यीय टोली आइतबार जबरालाई भेट्न टेकुस्थित अपराध अनुसन्धान कार्यालय पुगेको थियो ।  तर कार्यालयले टोलीलाई भित्र प्रवेश गर्न अनुमति नदिएपछि उनीहरू गेटमै करिब ४५ मिनेट कुर्नुपरेको थियो । […]