वीरगन्ज नाकाबाट इभी आयात १३६ प्रतिशतले बढ्यो, डिजल–पेट्रोल सवारी घट्दै

डिजल र पेट्रोलबाट सञ्चालन हुने सवारी साधनलाई विद्युतबाट चल्ने ‘इलेक्ट्रिक भेइकल’ (इभी) ले तीव्र गतिमा विस्थापित गर्दै लगिरहेको छ। इन्धनको बढ्दो मूल्य र मर्मत–सम्भारमा लाग्ने उच्च खर्चका कारण नेपाली उपभोक्ता विद्युतीय सवारीतर्फ आकर्षित भइरहेका छन्। वीरगन्ज भन्सार कार्यालयको पछिल्लो तथ्याङ्कले पनि उपभोक्ता बानीमा आएको यो परिवर्तन स्पष्ट देखाएको छ। देशको प्रमुख व्यापारिक नाका वीरगन्ज हुँदै […]