आधारभूत सेयरधनीले सेयर बिक्रीअघि सूचना दिनुपर्ने व्यवस्थामाथि विवाद भइरहेका बेला नेपाल धितोपत्र बोर्डले ठूला धितोपत्र कारोबारको रिपोर्टिङ र रकमको स्रोत अभिलेखीकरणसम्बन्धी व्यवस्था समेटिएको नयाँ निर्देशन लागू गरेको छ। असोज ३० देखि लागू निर्देशनअनुसार एकै दिन १० लाख रुपैयाँ वा सोभन्दा बढीको धितोपत्र कारोबार भए त्यसको विवरण वित्तीय जानकारी इकाइमा पठाउनुपर्नेछ। बोर्डको ‘सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी […]