काठमाडौँ । चन्द्रागिरी नगरपालिका-९, मच्छेगाउँमा घरअगाडि पार्किङ गरी राखिएको मोटरसाइकल चोरी भएको सूचनाका आधारमा खोजतलास गर्दा प्रहरीले तीन जनालाई दुई वटा मोटरसाइकलसहित पक्राउ गरेको छ। प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले बिहीबार चन्द्रागिरी–१, गोकुलपाटीबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका–७ घर भई चन्द्रागिरी–१२ बस्ने २७ वर्षीय नारायण तामाङ, गजुरी–७ का २२ वर्षीय आकाश […]