विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा राजनीतिक हस्तक्षेप नहुने शिक्षामन्त्री पोखरेलको प्रष्टीकरण

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयका रेक्टर, रजिस्ट्रार र डिनलगायत पदाधिकारी नियुक्तिमा सरकारले हस्तक्षेप नगर्ने बताएका छन्। शुक्रबार मन्त्रालयमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पोखरेलले विश्वविद्यालयहरू स्वायत्त संस्था भएकाले नेतृत्व टोली चयन गर्ने जिम्मेवारी सम्बन्धित विश्वविद्यालयका उपकुलपतिलाई दिइएको स्पष्ट पारे। उनले उपकुलपति नियुक्ति पारदर्शी प्रक्रियाबाट गरिएको उल्लेख गर्दै अब विश्वविद्यालयको आन्तरिक व्यवस्थापन र […]