युरोपेली संघमा आप्रवासीहरूको रोजगारीदर अहिलेसम्मकै उच्च विन्दुमा

युरोपेली संघमा आप्रवासीहरूको रोजगारीदर सन् २०२५ मा अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। यस वृद्धिले स्थानीय र आप्रवासी कामदारहरूबीचको अन्तरलाई साँघुरो बनाएको छ, यद्यपि आप्रवासीहरूको पूर्ण क्षमताको अझै सही उपयोग हुन नसकेको एक अध्ययनले देखाएको छ। ‘रकवुल फाउन्डेसन बर्लिन’ अन्तर्गतको ‘सेन्टर फर रिसर्च एन्ड एनालाइसिस अफ माइग्रेसन’ द्वारा युरोस्टेटको तथ्याङ्कमा आधारित भई तयार पारिएको प्रतिवेदन अनुसार, […]