काठमाडौँ – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गरिनुलाई सकारात्मक कदमका रूपमा टिप्पणी गरेका छन् । सुशीला कार्की नेतृत्वको कामचलाउ सरकारले आफ्नो कार्यकालको अन्तिम समयमा ९०७ पृष्ठ लामो उक्त प्रतिवेदन सार्वजनिक गरेको हो । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले प्रतिवेदनले घटनाको […]