उद्योग व्यवसाय क्षेत्रलाई आवश्यक जनशक्ति र बजारमा उपलब्ध मानव स्रोतबीच रहेको दक्षताको अन्तरका साथै सीप विकासका विविध पक्षलाई उजागर गर्ने उद्देश्यले उद्योग संगठन मोरङको आयोजना, स्वीस सरकारको आर्थिक सहयोग, इन्स्योर/हेल्भेटास नेपालको प्राविधिक सहयोग तथा कोशी प्रदेश सामाजिक विकास मन्त्रालयको समन्वयमा सीप उत्सव २०८३ हुने भएको छ । आगामी जेठ ३१ गते, आइतबार उद्योग संगठन मोरङको […]