भोजपुर। भोजपुर नगरपालिका ३‚ सेतीबगरनजिकै निर्वाचनमा खटिएको सेना लिएर जाँदै गरेको ना.४ख ७३१७ नम्बरको बस दुर्घटनामा परेको छ। बसमा २४ जना सेना र चालक-सहचालकसहित २६ जना यात्रारत थिए। दुर्घटनामा २४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए। उनका अनुसार बस सडकनजिकैको घुम्तीबाट तल खसेको छ। दुर्घटनामा सख्त घाइते […]