बृहत् अन्नपूर्ण पदमार्गको मूल ढोका हो- लमजुङ बेशीसहर। त्यसैका लागि आउने पर्यटक लक्षित गरेर बेशीसहरको मूल सडक मात्र होइन, दक्षिणमा झ्याङ खोलादेखि उत्तरमा सहजी खोलासम्मै फैलिँदै गएका छन्- अत्याधुनिक क्याफे, रेस्ट्रो र होटेल।त्यहीँनेर परम्परागत खाजा घर बिस्तारै ओझेलमा पर्दै गएको देख्दा मन अलि खिन्न हुन थालेको थियो। तर अचानक बेशीसहरकै उम्दा रेस्टुराँ, बरन्डा रेस्ट्रोको मेनुमा […]