राजनीतिक दाउमा कलाकार : प्रत्यक्षदेखि समानुपातिकसम्म चुनौती

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा यसपटक नेपाली कला क्षेत्रको उपस्थिति उल्लेख्य देखिएको छ । परम्परागत राजनीतिक नेताको प्रतिस्पर्धासँगै कला, संगीत, चलचित्र र सामाजिक अभियानमार्फत चिनिएका व्यक्ति सक्रिय रूपमा राजनीतिमा होमिएका छन् । यसले निर्वाचनलाई केवल राजनीतिक प्रतिस्पर्धा मात्र नभई विचार, सिर्जना र वैकल्पिक दृष्टिकोणको मञ्चका रूपमा पनि प्रस्तुत गरेको छ । […]