काठमाडौं- बनेपा नगरपालिका–१० भैँसेपाटीमा निर्माण थाल्न लागिएको अत्याधुनिक चलचित्र छायाङ्कनस्थल (स्टुडियो) को मंगलबार बालुवाटारबाट शिलान्यास गरिएको छ । २०७७ देखि वातारणीय प्रभाव मूल्याङ्कन (इआईए) र बोलपत्र प्रक्रिया थालिएको यो स्टुडियोको मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाटै शिलान्यास गरेका हुन् । बनेपासम्म पुग्ने सडकको दुरावस्थाका कारण स्टुडियो शिलान्यास (निर्माण घोषणा) का लागि बालुवाटारलाई रोजिएको हो । […]