काठमाडौँ- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको सिद्धलेक गाउँपालिका–३ का २८ वर्षीय विज्ञान इटनी, दैलेखको नारायण नगरपालिका–९ का ३५ वर्षीय पुष्पराज सोनी, काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१२ का ३३ वर्षीय रोशन गोले र सिन्धुलीको मरिण गाउँपालिका–२ का ४६ वर्षीय लीलाबहादुर […]