न्याय माग्दै प्रहरी धाइरहेकी महिला, हिंसाको आरोप लागेका व्यक्ति प्रहरीबाट सम्मानित!

ममता सिंहले गत असार ११ गते आफूमाथि मनिष सिंहले कुटपिट गर्दै अनैतिक सम्बन्ध राख्न खोजेको भन्दै जिल्ला प्रहरी कार्यालय पर्साको महिला तथा बालबालिका सेवा केन्द्रमा जाहेरी दिएकी थिइन्।