सिरहा– लहान नगरपालिका–१५ स्थित लङ्ग्राहा मुसहरी टोलका शिवशङ्कर सदायका बाबुआमाको एक हप्ताको फरकमा निधन भएपछि नगरपालिकामार्फत आइतबार राहत सामग्री तथा नगद सहयोग प्रदान गरिएको छ । सत्तरी वर्षीय बौधु सदायको निधनपछि क्यान्सरबाट पीडित उनकी श्रीमती कुमारीको पनि ७ दिनभित्रै निधन भएको थियो । श्रीमान्को मृत्युको पीडा सम्हाल्दै गर्दा आफैँ पनि गम्भीर क्यान्सरबाट जुधिरहेकी कुमारीको निधनले परिवारलाई […]